Class 1 Nepali Book PDF Download

In this post, students will be able to download the Class 1 Nepali Book PDF. Below, in the further paragraphs, some details are given about the book with direct download links.

Class 1 Nepali Book PDF Download free 2022 - Examflame

Class 1 Nepali Book PDF Download


Book nameMero Nepali
AuthorsGovernment of Nepal
Ministry of Education, Science and Technology
Curriculum Development Centre
Sanothimi, Bhaktapur
Grade 1
LanguageNepali
Total Pages Pages
FormatPDF
CountryNepal

NOTE:- If you need anything else like e-books, video lectures, syllabus, etc. regarding your Preparation / Examination then do 📌 mention it in the Comment Section below. 

Table of Contents Class 1 Nepali Book :

  • म र मेरो परिवार
  • मेरो दैनिक जीवन
  • हाम्रो समुदाय
  • मेरो विद्यालय
  • हाम्रो वातावरण
  • हाम्रो सिर्जना
  • रुचि र बानी
  • हाम्रो संस्कृति
  • सञ्चार, प्रविधि र बजार
  • हाम्रो क्रियाकलाप
  • हाम्रो वरपरको संसार

COPYRIGHT DISCLAIMER
EXAMFLAME is not the owner of the material, we picked this material from the Internet and attached them to this post. We do not want to violate any kind of copyright law.  And if anybody has any issue/problem then please contact us at [email protected], or you can also leave a comment below with your original proof to request to remove the link/file/pdf/video.

Download Class 1 Nepali Book PDF for free (Mero Nepali)

हाम्रो भनाइ

पाठ्यक्रम शिक्षण सिकाइको मूल आधार हो । पाठ्यपुस्तक विद्यार्थीमा अपेक्षित दक्षता विकास गर्ने एक मुख्य साधन हो । यस पक्षलाई दृष्टिगत गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय बनाउने उद्देश्यले पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिँदै आएको छ । आधारभूत शिक्षाले बालबालिकामा आधारभूत साक्षरता, गणितीय अवधारणा र सिप एवम् जीवनोपयोगी सिपको विकासका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नुपर्छ । आधारभूत शिक्षाको माध्यमबाट बालबालिकाहरूले प्राकृतिक तथा सामाजिक वातावरणप्रति सचेत भई अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्नुपर्छ ।

यसले विज्ञान, वातावरण र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास गराई कला तथा सौन्दर्यप्रति अभिरुचि जगाउनुपर्छ । शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास पनि आधारभूत शिक्षाका अपेक्षित पक्ष हुन् । देशप्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यता तथा संस्कार सिकी व्यावहारिक जीवनमा प्रयोग गर्नु, सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता अपनाउनु स्तरअनुकूल व्यवहारकुशल सिपको प्रयोग गर्नु र दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायको खोजी गर्नु पनि आधारभूत तहको शिक्षाका आवश्यक पक्ष हुन् ।

यस पक्षलाई दृष्टिगत गरी देशका विभिन्न विद्यालयमा परीक्षण गरेर प्राप्त पृष्ठपोषणका आधारमा परिष्कार तथा परिमार्जन गरी आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुरूप देशभर पठनपाठन गर्न सकिने गरी यो पुस्तक विकास गरिएको छ । यो पुस्तक आधारभूत विद्यालय तहको कक्षा १ मा नमुना पाठ्यपुस्तक तथा कार्यपुस्तकका रूपमा प्रयोग गरिने छ । यसमा बहुविषयक एकीकृत ढाँचाको पाठ्यक्रमको कार्यान्वयनलाई सहयोग पुग्ने गरी विषयवस्तुलाई विभिन्न विषयसँग सम्बन्धित हुने विषय क्षेत्रमा आधारित गरिएको हुँदा विद्यार्थीको सिकाइलाई अन्तरसम्बन्धित गरी दैनिक जीवनसँग सम्बन्धित गर्न र सान्दर्भिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपाली भाषा विषयको यस पुस्तकको विकास सुरुमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना र पुरुषोत्तम घिमिरेले गर्नुभएको हो । परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतमा आधारित भई यस पुस्तकको परिमार्जन तथा सम्पादन गर्ने कार्य लेखक समूहसहित श्री गणेशप्रसाद भट्टराई, श्री टुकराज अधिकारी, श्री इन्दु खनाल, श्री चिनाकुमारी निरौलाबाट भएको हो । पाठ्यपुस्तकलाई यस स्वरूपमा ल्याउने कार्यमा केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. नवराज कट्टेल, डा. गीता खरेल, डा. जानुका नेपाल, श्री नारायणजङ्ग थापाको विशेष योगदान रहेको छ ।

यस पाठ्यपुस्तकको चित्राङ्कन श्री उज्वल तामाङ तथा श्री सोनाम तामाङ र लेआउट डिजाइन श्री भक्तबहादुर कार्कीबाट भएको हो । यस पुस्तकको विकास तथा परिमार्जन कार्यमा संलग्न र प्रयोक्ता सबैप्रति पाठ्यक्रम विकास केन्द्र धन्यवाद प्रकट गर्दछ । पाठ्यपुस्तकले विद्यार्थीमा निर्धारित सक्षमता विकासका लागि विद्यार्थीलाई सहयोग गर्ने छ । यसले विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण र आधारभूत सामग्रीका रूपमा कक्षा क्रियाकलापबाट हुने सिकाइलाई मजबुत बनाउन सहयोग गर्ने छ । त्यसैले यो शिक्षकको सिकाइ क्रियाकलापको योजना नभई विद्यार्थीका सिकाइलाई सहयोग पुयाउने सामग्री हो ।

यसका लागि यस पाठ्यपुस्तकलाई विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण आधारका रूपमा बालकेन्द्रित, सिकाइकेन्द्रित, अनुभवकेन्द्रित, उद्देश्यमूलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित बनाउने प्रयास गरिएको छ । सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको छ । यसलाई अझ परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम्स म्पूर्ण पाठकहरूको समेत विशेष भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

IMPORTANT SEARCHES & TAGS

  • Nepal Books
  • class 1 Nepali book
  • Class 1 Nepali Book 2022
  • class 1 nepali book lesson 1
  • class 1 nepali book pdf
  • class 1 nepali book 2021
  • nepali book class
  • class 1 nepali book nepal pdf
  • nepali book class 3
  • class 1 science book pdf nepal
  • Class 1 Nepali Book Download

Leave a Comment

close