Class 2 Nepali Book PDF Download

If you are Looking for Class 2 Nepali Book PDF? Then Yeah you are scrolling to the right page, Because here, In this post you will be able to download class 2 Nepali Book PDF Free. This is the Second level Book on learning the Nepali Language.

Class 1 Nepali Book PDF Download free 2022 - Examflame

Class 2 Nepali Book PDF Download


So, Now you can download the Class 2 Nepali Book PDF from below …

Book nameMero Nepali Book
AuthorsGovernment of Nepal
Ministry of Education, Science, and Technology
Curriculum Development Centre
Sanothimi, Bhaktapur
Grade 2
LanguageNepali
Total Pages192 Pages
FormatPDF
CountryNepal

NOTE:- If you need anything else like e-books, video lectures, syllabus, etc. regarding your Preparation / Examination then do 📌 mention it in the Comment Section below. 

Overview of Class 2 Nepali Book PDF


पाठ्यक्रम शिक्षण सिकाइको मूल आधार हो । पाठ्यपुस्तक विद्यार्थीमा अपेक्षित दक्षता विकास गर्ने एक मुख्य साधन हो । यस पक्षलाई दृष्टिगत गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय बनाउने उद्देश्यले पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिँदै आएको छ । आधारभूत शिक्षाले बालबालिकामा आधारभूत साक्षरता, गणितीय अवधारणा र सिप एवम् जीवनोपयोगी सिपको विकासका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नुपर्छ ।

आधारभूत शिक्षाका माध्यमबाट बालबालिकाहरूले प्राकृतिक तथा सामाजिक वातावरणप्रति सचेत भई अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्नुपर्छ । यसले विज्ञान, वातावरण र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास गराई कला तथा सौन्दर्यप्रति अभिरुचि जगाउनुपर्छ । शारीरिक तन्दुरुस्ती, स्वास्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास पनि आधारभूत शिक्षाका अपेक्षित पक्ष हुन् ।

देशप्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यता तथा संस्कार सिकी व्यावहारिक जीवनमा प्रयोग गर्नु, सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता अपनाउनु, स्तरअनुकूल व्यवहारकुशल सिपको प्रयोग गर्नु र दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायको खोजी गर्नु पनि आधारभूत तहको शिक्षाका आवश्यक पक्ष हुन् । यस पक्षलाई दृष्टिगत गरी देशका विभिन्न विद्यालयमा परीक्षण गरेर प्राप्त पृष्ठपोषणका आधारमा परिष्कार तथा परिमार्जन गरी तयार पारिएको आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम, २०७६ अनुरूप यो पाठ्यपुस्तक विकास गरिएको छ ।

आधारभूत विद्यालय तहको कक्षा २ मा नमुना पाठ्यपुस्तक तथा कार्यपुस्तकका रूपमा प्रयोग गर्ने उद्देश्यले यो पुस्तक विकास गरिएको हो । नेपाली भाषा विषयको यस पाठ्य तथा कार्यपुस्तकको विकास तथा सम्पादन सुरुमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना, श्री पुरुषोत्तम घिमिरे र श्री इन्दु खनालबाट भएको हो । परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतमा आधारित भई यस पुस्तकको परिमार्जन तथा सम्पादन गर्ने कार्य डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना, श्री केशवराज अधिकारी, श्री टुकराज अधिकारी, श्री इन्दु खनाल र श्री चिनाकुमारी निरौलाबाट भएको हो ।

पाठ्यपुस्तकलाई यस स्वरूपमा ल्याउने कार्यमा डा. लेखनाथ पौडेल, श्री केशवप्रसाद दहाल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. नवराज कट्टेल, डा. गीता खरेल, डा. जानुका नेपाल, श्री विष्णु ज्ञवाली, श्री नारायणजङ्ग थापा र श्री गणेशप्रसाद भट्टराईबाट पृष्ठपोषण प्राप्त भएको छ । यस पाठ्यपुस्तकको चित्राङ्कन श्री उज्ज्वल तामाङ, श्री सोनाम तामाङ र देव कोइनी तथा लेआउट डिजाइन श्री नारायणप्रसाद अधिकारी, श्री भक्तबहादुर कार्की र श्री सन्तोषकुमार दाहालबाट भएको हो । यस पुस्तकको विकास तथा परिमार्जन कार्यमा संलग्न सबैप्रति पाठ्यक्रम विकास केन्द्र धन्यवाद प्रकट गर्दछ ।

COPYRIGHT DISCLAIMER
EXAMFLAME is not the owner of the material, we picked this material from the Internet and attached them to this post. We do not want to violate any kind of copyright law.  And if anybody has any issue/problem then please contact us at [email protected], or you can also leave a comment below with your original proof to request to remove the link/file/pdf/video.

Table of Contents Class 2 Nepali Book:

  • म र मेरो परिवार
  • मेरो दैनिक जीवन
  • हाम्रो समुदाय
  • मेरो विद्यालय
  • हाम्रो वातावरण
  • मेरो सिर्जना
  • रुचि र बानी
  • हाम्रो संस्कृति
  • सञ्चार प्रविधि र बजार
  • हाम्रा क्रियाकलाप
  • हाम्रो वरपरको संसार

Important Searches & Tags

  • class 2 nepali book pdf download
  • class 2 nepali book pdf
  • class 2 nepali book
  • nepali novel pdf free download
  • nepali book pdf

Leave a Comment

close